
काठमाडौं । नेपालीहरुले निर्माण गरेको सगुन एपले नेपाली प्रयोगकर्तालाई लक्षित गर्दै सगुन लाइट प्रयोगमा ल्याएको छ ।
सगुनएपले आइतवारदेखि सगुन लाइट सञ्चालनमा ल्याएको विज्ञप्तीमार्फत जनाएको छ ।
प्रयोगकर्ताले आफ्नो परिचय नखुलाई प्रयोग गर्न मिल्ने सामाजिक एप सगुनले प्रविधिमा नयाँ प्रयोग भित्र्याएको हो ।
सगुन लाइटले प्रयोगकर्तालाई विचारहरु अभिव्यक्त गर्न स्वतन्त्रता प्रदान गर्नेछ ।
सगुन लाइटको प्रयोग गरी खुलारुपमा आफ्ना अभिव्यक्ति, विचार तथा अनुभवको साथै आफ्ना वरपर भइरहेका घटनाहरु, राजनीति, कानुन लगायतका सरोकारका विषयमा अभिव्यक्त गर्न पाउने छन् ।
सगुनले एपले नेपालका लागि छुट्टै विषयहरुको छनोट गर्दै दैनिक जनजीवन, नेपालका लोकप्रिय, नेपाली राजनीति, भिजिट नेपाल २०२०, ठट्यौली, चुटकिला लगायतका विषय यसमा समावेश गरिएको सगुनले जानकारी दिएको छ ।
चलाउन सजिलो र निशुल्क डाउनलोड गर्न सकिने यो एप गुगल प्लेस्टोर वा एप्पल एपस्टोरमा गएर सजिलै डाउनलोड गर्न सकिन्छ ।
सगुन प्रयोगकर्ता मध्ये धेरैले दिनमा २० पटक बढी एप खोल्ने गरेको र साथीहरुलाई प्रयोग गर्न आमन्त्रण गर्दै आएको पनि विज्ञप्तीमा जनाइएको छ ।
प्रयोगकर्ता अघिल्लो महिनाको तुलनामा दुईसय प्रतिशतले बढीरहेको दावी गरिएको छ ।
https://play.google.com/store/apps/details?id=com.sagoonlite
https://apps.apple.com/us/app/sagoon-lite/id1449566264
प्रतिक्रिया दिनुहोस्