१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


सुदूरपश्चिमका १ लाख सुकुम्बासीलाई लालपूर्जा दिइने


0
Shares

कैलाली । सुदूरपश्चिम प्रदेशका १७ वटा स्थानीय तहमा बसोबास गरिरहेका भूमिहीनलाई जग्गाको लालपूर्जा दिइने सम्झौता गरिएको छ ।

विगत १० बर्ष देखि ऐलानी जग्गामा बस्दै आएकाहरुलाई भूमि सम्बन्धी समस्या समाधान आयोगले लालपूर्जा दिने सम्झौता गरेको हो ।

कैलालीका ९, कञ्चनपुरका ७ र बैतडीका १ स्थानीय तहलाई लालपूर्जा दिने निर्णय गरिएको हो ।

भूमिहीन, सुकुम्बासी र अव्यवस्थित रुपमा बसोबास गरिरहेका व्यक्तिहरुको पहिचान, लागत सङ्कलन र प्रमाणीकरण गरेर लालपूर्जा दिइने आयोगले जनाएको छ ।

आयोगले सुदूरपश्चिमका करिब १ लाख जना भूमिहीनलाई लालपूर्जा वितरण गर्ने योजना लिएको जनाएको छ ।