
काठमाडौं । कर्णाली प्रदेशको चालू आर्थिक वर्षको पहिलो चौमासिकमा बजेट खर्च निराशाजनक देखिएको छ ।
चालु आर्थिक वर्षको साउनदेखि कात्तिक मसान्तसम्म प्रदेश सरकारको करिब चार प्रतिशत बजेट खर्च भएको छ ।
प्रदेश कोष तथा लेखा नियन्त्रक कार्यालयका अनुसार प्रदेश सरकार अन्तर्गतका निकायले पहिलो चौमासिक अवधिमा एक अर्ब १२ करोड ९९ लाख ८४ हजार १२९ खर्च गरेका छन् ।
तीमध्ये चालुतर्फ साढे छ प्रतिशत अर्थात् ६७ करोड ५१ लाख ८९ हजार ३०७ र पूँजीगततर्फ साढे दुई प्रतिशत अर्थात् ४५ करोड ४७ लाख ९४ हजार ८२२ रहेको छ ।
यद्यपि, गत वर्षको यस अवधिको तुलनामा यस वर्षको बजेट खर्च केही सुधारोन्मुख छ । गत वर्ष यही अवधिमा एक प्रतिशतमात्र बजेट खर्च भएको थियो ।
आन्तरिक मामिला तथा कानून मन्त्रालय, प्रदेशसभा सचिवालय र मुख्य न्यायाधिवक्ताको कार्यालयको पूँजीगत खर्च शून्य छ ।
विनियोजित बजेटका आधारमा प्रदेशसभाले सबैभन्दा बढी रकम खर्च गरेको प्रदेश लेखा नियन्त्रकको कार्यालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्