
एजेन्सी । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले गरिब देशहरूले पनि छिट्टै कोरोना भाइरस विरुद्धको खोप पाउने जनाएको छ । नयाँ वर्ष सन २०२१ को शुरुदेखि नै कोरोना विरुद्धको खोप पठाउन थालिने डब्ल्यूएचओको दाबी छ ।
सबै देशले कोरोना विरुद्धको खोप किनेर लैजान सक्दैनन्, ती देशहरूमा पनि सन २०२१ को शुरुदेखि नै खोप पठाइने संगठनले जारी गरेको वक्तव्यमा उल्लेख गरिएको छ ।
महामारीका बेला पनि गरिब देशलाई कोरोना विरुद्धको खोप उपलब्ध गराउने प्रयास भइरहेको डब्ल्यूएचओको वक्तव्यमा उल्लेख गरिएको छ । डब्ल्यूएचओ र साझेदार संस्थाहरुको सहकार्यमा गरिब देशमा विभिन्न रोगसम्बन्धी खोप पठाइँदै आइएको छ ।
प्रतिक्रिया दिनुहोस्