
एजेन्सी । भारत टेष्ट क्रिकेटको इतिहासमा सर्वाधिक कम स्कोरमा समेटिएको छ । अष्ट्रेलियाविरुद्धको पहिलो टेष्ट क्रिकेटको दोस्रो ईनिङ्समा भारत सर्वाधिक कम स्कोरमा समेटिएको हो ।
अष्ट्रेलियासँगको पहिलो टेष्टको दोस्रो पारीमा ३६ रन मात्रै बनाउन सकेपछि भारतको न्यून स्कोरको रेकर्ड बनेको हो । यसअघि सन १९७४ मा भारतले इङ्ल्याण्डसँगको खेलमा ४२ रन मात्रै बनाएको थियो ।
कप्तान विराट कोहलीसहित भारतका ६ खेलाडी १९ रनमा आउट भएको खेलमा भारतले ३१ रन बनाउन ९ विकेट गुमाउन पुग्यो । मोहम्मद शामी रिटायर्ड हर्ट भएको खेलमा भारत ३६ रनमा समेटियो । एडिलेडमा पिङ्ग बलमा खेलिएको टेष्टमा घरेलु टोलीका बलरले उत्कृष्ट प्रर्दशन गरे ।
प्रतिक्रिया दिनुहोस्