१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


टीम अबुधाबीको इमर्जिङ ट्यालेन्ट मेन्टरमा पारस


0
Shares

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान एवं अलराउन्डर पारस खड्काले टी–१० लिगमा टीम अबुधाबीको नयाँ भूमिका पाउँदा उत्साहित भएकोे बताएका छन् ।

टीम अबुधाबीले शुक्रबार अलराउण्डर पारसलाई नयाँ सिजनको लागि इमर्जिङ ट्यालेन्ट मेन्टरको रूपमा नियुक्त गरेको थियो । नयाँ भूमिका पाएपछि पारसले शनिबार बिहान ट्वीट गर्दै यसबाट उत्साहित रहेको र नेपाली क्रिकेटलाई अन्तर्राष्ट्रिय स्तरमा विकास गर्न मद्दत गर्ने बताएका छन् ।

पारस टिमको कोचिङ स्टाफको रूपमा रहने टीम अबुधाबीले जनाएको छ । गत सिजन पारसले टीम अबुधाबीका लागि खेलेका थिए । पारसले पहिलो पटक टिम अबुधाबी मार्फत नै विदेशी लिगमा सहभागिता जनाएका हुन् ।