
काठमाडौं । एक सातादेखि बक्यौता रकमको माग गर्दै माइतीघर मण्डलामा आन्दोलनरत उखु किसान नयाँ बानेश्वरमा पुगेका छन् । माइतीघर मण्डलाबाट प्रदर्शन गर्दै नयाँ बानेश्वर पुगेका किसानले त्यहाँ कोणसभा गर्दै आफ्ना तत्काल पूरा गर्न सरकारसँग माग गरेका छन् ।
छिटो भन्दा छिटो माग सम्बोधन दबाव दिन प्रदर्शनसँगै कोणसभाको गर्नुपरेको उखु किसान संघर्ष समितिका संयोजक राकेश मिश्रले जानकारी दिनुभयो । सरकारले गतवर्ष पनि आफूहरू झुक्याएको भन्दै मिश्रले यसपटक पैसा लिएर मात्रै जिल्ला फर्कने बताउनुभयो । ‘हामीलाई पटक–पटक झुक्याइयो’, उहाँले इमेजखबरसँग भन्नुभयो, ‘हामी यसपटक पैसा लिएर मात्र घर फर्कन्छौँ ।’

मिश्रले सरकारका पछिल्ला केही दिनका कदम सकारात्मक भएको पनि बताउनुभएको छ । उखु किसानको भुक्तानीको लागि उद्योगीविरुद्ध पक्राउ पुर्जी जारी गर्नु सकारात्मक कदम भए पनि आफूहरू पूरा भुक्तानी नलिइ नफर्कने उहाँको अडान छ ।
गृह मन्त्रालयमा केही दिन अघि बसेको बैठकले जिल्ला प्रशासन कार्यालयलाई उद्योगीलाई पक्राउ गर्न निर्देशन दिएसँगै केही उद्योगीले किसानको भुक्तानी दिन थालेका छन् । शुक्रबारबाट श्रीराम सुगर मिलले किसानको भुक्तानी दिन शुरु गरेको छ ।
प्रतिक्रिया दिनुहोस्