
डडेल्धुरा । बहुचर्चित पश्चिम सेती जलविद्युत परियोजना सुदूरपश्चिमका जनतालाई आश्वासन मात्रै दिने थलो भएको भन्दै सुदूरपश्चिमका युवा आक्रोशित भएका छन् । आफ्ना माग र समस्याप्रति सरकार गम्भीर नभएको भन्दै स्थानीय युवा आक्रोशित भएका छन् ।
परियोजनाको नाममा चार दशक देखि नेताहरूले आश्वासन मात्रै बाँडेको भन्दै युवाहरूको समाज ‘बोलन्या थली’ले दबाबमूलक कार्यक्रम अघि सारेको छ । नेताहरूमा ठूला विकासका आयोजना निर्माण गरी जनताको जीवनशैली परिवर्तन गर्ने सोच नै नभएको उनीहरूको आरोप छ । नेताहरूलाई झक्झक्याउनकै लागि भए पनि नागरिक तहबाट आन्दोलन गर्नुको विकल्प नभएको स्थानीयको भनाइ छ । पश्चिम सेती नदीबाट विद्युत उत्पादन गरी फाइदा लिनेबारे सरकारको ठोस नीति नै नभएको भन्दै उनीहरूले नेतामा सन्तुलित विकासको चाहना नै नभएको निष्कर्ष समेत निकालेका छन् ।
आयोजनाबाट प्रभावित चार जिल्लाका स्थानीय सडक, खानेपानी, सिचाई, शिक्षा जस्ता आधारभुत आवश्यकताहरूबाट समेत बञ्चित हुनुपरेको छ । बसोबास क्षेत्रमा पश्चिम सेती बन्ने पटक–पटकको हल्लाले अन्य विकास निर्माणका कामहरू समेत प्रभावित हुँदा यहाँका जनताले सास्ती पाएका छन् ।
प्रतिक्रिया दिनुहोस्