
धनगढी । नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्दले कोरोना भाइरसका कारण रोकिएको क्रिकेट गतिविधिले विस्तारै गति लिने बताउनुभएको छ ।
लामो समयसम्म कुनै पनि प्रतियोगिता हुन नसकेकोमा अब भने घरेलु प्रतियोगिता शुरु गरिने उहाँले बताउनभयो ।
शनिवार धनगढीमा पत्रकारहरूसँग कुराकानी गर्दै अध्यक्ष चन्दले नेपालको क्रिकेटलाई विश्वस्तरीय बनाउन धेरै सुधार गर्नुपर्ने र क्यानले त्यसतर्फ ध्यान दिएको बताउनुभयो ।
क्यानलाई पारदर्शी बनाउँदै विभिन्न उमेर समूहका खेलाडीहरूको छनौट गर्दा क्षमतालाई मुख्य प्राथमिकता दिने उहाँको भनाइ छ । निजी स्तरमा सञ्चालन भइरहेका लिगहरूलाई पनि कानुनी दायरामा ल्याउनेमा अध्यक्ष चन्दको जोड छ ।
प्रतिक्रिया दिनुहोस्