
कपिलवस्तु । जिल्ला प्रहरी कार्यालयले चालु आर्थिक वर्षको पाँच महिनामा, पछिल्ला पाँच आर्थिक वर्षको भन्दा तीन गुणा बढी भन्सार छलीका सामग्री नियन्त्रणमा लिएको छ ।
कोरोना संक्रमणका कारण विगत ९ महिनादेखि नेपाल–भारत सीमा बन्द भए पनि प्रहरीले अघिल्ला आर्थिक वर्षको तुलनामा तीन गुणा बढी भन्सार छलीका सामग्री नियन्त्रणमा लिएको हो । प्रहरीले २ करोड ६९ लाख ७९ हजार २७ रुपैयाँ मुल्य बराबरको सामग्री आवश्यक कारबाहीका लागि सुठौली भन्सार कार्यालय पठाएको छ ।
गत आर्थिक वर्ष २०७६÷७७ मा १ करोड २ लाख १९ हजार ३ सय ६१ रुपैयाँ बराबरको सामाग्री बरामद गरी कारबाहीका लागि भन्सार पठाएको प्रहरीले जनाएके छ । जिल्ला प्रहरी कार्यालयका अनुसार पछिल्लो ६ महिनामा ३ करोड १६ लाख बढीको सामग्री भन्सार दाखिला भएको देखिन्छ । सवारी साधन, लत्ता कपडा, खाद्यान्न, पशु, इलेक्ट्रिक तथा इलेक्ट्रोनिक सामग्रीका सबैभन्दा बढी भन्सार र राजश्व दाखिला गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्