२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


क्रष्नव शाक्य भैरवमा प्रतिस्थापित


0
Shares

काठमाडौं । जीवित देव भैरवको रूपमा ३ वर्ष १० महिनाको बालक क्रष्नव शाक्यलाई प्रतिस्थापन गरिएको छ । तलेजु भवानी मन्दिरका मूल पुजारी उद्दव बज्राचार्यले शनिबार विधिवत रूपमा शाक्यलाई नयाँ भैरवको रूपमा प्रतिस्थापन गर्नुभएको हो ।

गुठी संस्थानले शाक्यलाई छनोट गरेपछि काठमाडौं क्वहिटीमा बस्ने शाक्यलाई उहाँकै घरमा भैरवको रूपमा तान्त्रिक पूजा गरेर प्रतिस्थापन गरिएको हो । यससँगै ओमबहाल मञ्जुश्री नक महाविहारका निवर्तमान भैरव रुजन शाक्यलाई क्षमा पूजा समेत गरिएको थियो । रुजन तीन दिनपछि भैरव रूपबाट स्वतन्त्र हुने छन् ।