
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्नुभएको छ ।
शनिबार बिहान नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहालसँग भेट गर्नुभएका उहाँले साँझ शीतलनिवास पुगेर राष्ट्रपतिसँग भेट गर्नुभएको हो ।
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता लिन पार्टीको स्थायी कमिटी बैठकले निर्देशन दिए पनि प्रधानमन्त्री ओलीले एकपटक राष्ट्रपतिसँग भेटेपछि मात्रै फिर्ता लिने बताउँदै आउनु भएको छ ।
आइतबार नेकपाको स्थायी कमिटी बैठक बस्दैछ । बैठक अघि नै अध्यादेश फिर्ता नभए बैठकले कडा निर्णय लिनसक्ने देखिएको छ । बुधबार प्रधानमन्त्री ओलीले अध्यादेश फिर्ता लिने बताउनुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्