१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


स्वास्थ्यकर्मीले ५ महिनादेखि तलब भत्ता नपाएपछि आन्दोलनको तयारी


0
Shares

काठमाडौं । जोखिम तलब भत्ता नपाएको भन्दै प्रदेश नम्बर २ का चिकित्सक तथा स्वास्थ्यकर्मी आन्दोलनमा उत्रिने तयारी गरेका छन् ।

कोरोना महामारी नियन्त्रणमा खटिएका चिकित्सक तथा स्वास्थ्यकर्मीहरूले आर्थिक वर्ष सुरु भएदेखि अहिलेसम्मको तलब भत्ता नपाएको गुनासो गरेका छन् ।

जोखिमको समयमा काम गरेको तलब भत्ता पनि नपाए पछि स्वास्थ्यकर्मीहरूले आन्दोलनको तयारी थालेका हुन् ।

कोभिड अस्पताल तथा आइसोलेशनमा खटेका चिकित्सकले विगत ५ महिनादेखि तलब भत्ता नपाएको गुनासो गरिरहेका छन् ।

ज्यानको प्रवाह नगरी जोखिम मोलेर दिनरात खटिए पनि प्रदेश सरकारले तलब भत्ता नदिँएको उनीहरुको गुनासो छ ।

प्रदेश सरकारले कोभिडविरुद्ध खटिने चिकित्सक तथा स्वास्थ्यकर्मीलाई तलब बराबर र ड्युटी अनुसार भत्ता तोकेको थियो ।

तर, सम्झौता अनुसार कुनैपनि चिकित्सक र स्वास्थ्यकर्मीले तलब भत्ता पाएका छैनन् ।

संघीय सरकारले संक्रमितको प्रत्यक्ष सम्पर्कमा आएकालाई मात्र भत्ता दिइने भनेपछि अस्पताल व्यवस्थापकलाई समस्या भएको छ ।