
दाङ । बबई नदीको झोलुङ्गे पुलमा झुण्डिएर टिकटक बनाउन खोज्दा खसेर एक युवक गम्भीर घाइते भएका छन् ।
तुलसीपुर उपमहानगरपालिका १९ बिजौरीका २४ बर्षीय रमेश थापा बबइ गाउँपालिका ५ पुरन्धारा झरना नजिकैको झुलुङ्गे पुलबाट लडेर गम्भीर घाइते हुनु भएको छ ।
घाइते थापालाई उद्धार गरी राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा प्रारम्भीक उपचार पछि थप उपचारका लागि बाँकेको कोहलपुर मेडिकल कलेजमा लगिएको छ ।
इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी शिबबहादुर सिंहले शनिवार दिउँसो सवा २ बजेतिर टिकटक बनाउन भन्दै पुलमा झुण्डिएका थापा लडेर गम्भीर घाइते हुनु भएको थियो । संगै गएका साथीहरुले उद्धार गरि उहाँलाई अस्पताल पुर्याएका थिए ।
तुलसीपुरमा उपचार संभव नभएपछि शनिवार बेलुका सवा ६ बजेतिर घाइते थापालाई कोहलपुर रेफर गरिएको थियो ।
शनिवार रमाईलो गर्ने भन्दै २५/२६ जना साथीहरु मिलेर पर्यटकीय स्थल पुरन्धारा झरनामा पिकनिक खान गएको समयमा थापा टिकटक बनाउन भन्दै बबई नदीमा निर्मित झुलुङ्गे पुलको सपोट तारमा झुण्डिएको सयममा त्यहीबाट खस्नु भएको थियो ।
थापाको टाउको, अनुहार, छातिमा चोट लागेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्