१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


आयात र निर्यातमा कमि, राजस्व संकलनमा भने बढ्यो


0
Shares

काठमाडौं । चालु आर्थिक वर्षको सुरुदेखि आयात घटेको भए पनि गत वर्षको तुलनामा मंसिर महिनामा निर्यात पनि घटेको छ ।

चालु आर्थिक वर्षको सुरुवाती ५ महिनामा पहिलो पटक निर्यात घटेको हो ।

भन्सार विभागको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको मंसिरमा नेपालबाट ९ अर्ब ८५ करोड रूपैयाँको वस्तु निर्यात भएको छ ।

गत वर्षको मंसिरमा १० अर्ब ९५ करोडको वस्तु निर्यात भएकोमा यसपटक १०.०४ प्रतिशत निर्यात घटेको विभागले जनाएको छ ।

मंसिरमा निर्यात घटे पनि मंसिरसम्मको तथ्यांकमा भने ५ प्रतिशतको वृद्धिदर देखिएको छ । आर्थिक वर्षको पहिलो ५ महिनामा ५० अर्ब रूपैयाँको वस्तु निर्यात भएको छ ।

गत वर्षको यही अवधिमा ४७ अर्ब ६१ करोड रूपैयाँको वस्तु निर्यात भएको थियो । गत आर्थिक वर्षको पहिलो ५ महिनाको तुलनामा यस वर्ष ३ प्रतिशतले निर्यात बढेको छ ।

मंसिरमा आयात ६ प्रतिशतले घटेको छ । आयात घटे पनि राजस्व संकलनमा भने वृद्धि देखिएको छ । मंसिरमा १९.७७ प्रतिशतले राजस्व वृद्धि भएको भन्सार विभागले जनाएको छ ।

मंसिरसम्मको तथ्यांकअनुसार ३.६ प्रतिशतले राजस्व संकलन बढेको छ ।