१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


संसद विघटनको प्रस्तावले नेकपा विवाद उत्कर्षमा, स्थायी कमिटी बैठक अनिश्चित


0
Shares

काठमाडौं । नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलले मन्त्रिपरिषदबाट संसद विघटनको प्रस्ताब गरेपछि नेकपामा तरंग पैदा भएको छ ।

जसका कारण आज बस्ने भनिएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक बस्ने नबस्ने अनिश्चित बनेको छ ।

नेकपाको स्थायी कमिटी बैठकअघि शीर्ष नेताहरुले सहमति जुटाउने प्रयास गरे पनि सहमति भएको थिएन ।

प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा हिजो दिनभरी सहमति जुटाउने प्रयासमा भेटघाट र परामर्शमा ब्यस्त हुनुभयो ।

सहमतिका लागि ओलीले पुष्पकमल दाहाल प्रचण्डलगायत पार्टीका अन्य नेताहरुसँगको भेटघाटलाई तीव्र बनाउनु भएको थियो ।

प्रचण्ड निवास खुमलटारमै पुगेर ओलीले प्रस्ताव फिर्ता लिन आग्रह गरे पनि प्रचण्डले सो प्रस्ताव अस्विकार गनुर्भएको थियो ।

ओली र प्रचण्ड आफ्नो अडानमा लचिलो नभएका कारण आजको बैठकमा विवाद समाधान हुने संभावना देखिएको छैन् ।

कात्तिक २८ गतेको सचिवालय बैठकमा अध्यक्ष प्रचण्डले ओलीमाथि गम्भीर आरोप लगाउँदै राजनीतिक प्रस्ताव पेस गर्नुभएको थियो भने मंसिर १३ को बैठकमा ओलीले फेरि प्रचण्डमाथि गम्भीर आरोपसहित प्रत्युत्तर दिनुभएको थियो ।

अध्यक्षद्वयले एकअर्कालाई गम्भीर आरोप लगाउँदै प्रस्ताव पेस गरेपछि नेकपाभित्रको विवाद थप चर्केको छ