
काठमाडौं । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संसद विघटनको सिफारिश लोकतन्त्र र राष्ट्र हित विपरित रहेको बताउनु भएको छ ।
अहिलेको संविधान अनुसार संसद विघटन गर्न नमिल्ने बताउँदैं पौडेलले राष्ट्रपति विद्यादेवी भण्डारीले यसलाई स्विकार नगरी फिर्ता पठाउनु पर्ने बताउनु भयो ।
ट्विटरमा लेख्दै पौडेलले मुलुकलाई अस्थिरता र संकट तर्फ धकेल्ने कदमको घोर र्भत्सना गर्ने बताउनु भयो ।
प्रतिक्रिया दिनुहोस्