३ बैशाख २०८२, बुधबार | Wed Apr 16 2025


खेल सुरु भएको ६ सेकेन्डमै गोल, राफेलले बनाए कीर्तिमान


0
Shares

काठमाडौं । खेल सुरु भएको ६ सेकेन्डमा गोल गर्दै एसी मिलानका राफेल लियोले सिरि ए फुटबलको ईतिहासमै सर्वाधिक छिटो गोलको कीर्तिमान कायम गरेका छन ।

आइतबार राति सासुलोविरुद्ध खेल सुरु भएको ६ सेकेन्डमै लियोले एसी मिलानका लागि गोल गर्दै कीर्तिमान बनाएका हुन ।

पोर्चुगलका २१ वर्षिया फरवार्डले हकन काल्होग्लुको पासलाई सदुपयोग गर्दै गोल गरेका थिए ।

उनले पिआचेन्जाका लागि पाओलो पोगीले फ्लोरेन्टिनाविरुद्ध सन २००१ को डिसेम्बर २००१ मा कायम गरेको ८ दशमलव ९ सेकेन्डको छिटो गोलको कीर्तिमान भंग गरे ।

लियो लगत्तै एलेक्सिस सेलेमेकर्सले मिलान क्लबको अग्रता दोब्बर बनाएका थिए । खेल सकिन एक मिनेट अघि घरेलु टोलीका डोमनिको बर्दीले एक गोल फर्काए ।

जितसंगै मिलान क्लबले शहरी प्रतिद्धन्दी ईन्टरसंगको अग्रता १ बनाएको छ । शीर्ष स्थानको एसी मिलानको ३१ अंक छ । सासुलो २३ अंक सहित छैटौं स्थानमा छ ।

आईतबार रातिनै ईन्टर मिलानले स्पिजियालाई २–१ ले हरायो । जित सहित ईन्टरले शीर्ष स्थानको एसी मिलानमाथि दबाब बढाएको छ । एजेन्सी