
चितवन । जंगली हात्तीले दुख दिन थालेपछि चितवनको सौराहामा हात्ती धपाउन मेसिन जडान गरिएको छ ।
पछिल्लो समय निकुञ्जबाट आउने हात्तीले स्थानीयको घर भत्काउने र बालीनालीमा क्षती पु¥याउन थालेपछि मेशीन जडान गरिएको हो ।
मेसीनमा हात्तीलाई भगाउन सहयोग पु¥याउने १० प्रकारका विभिन्न आवाजहरु सेटिङ गरिएको छ ।
त्यसलाई चलाउन एउटा छुट्टै मोवाइल नम्बर जडान भएको र हात्ती आएको सुचना पाउनासाथ फोन गरेपछि उक्त मेशीनले विभिन्न आवाजहरु निकाल्ने गर्छ ।
साइरन सहितको मेसिन मानिसको पुत्ला माथि जडान गरिएको छ जसको आवाजबाट हात्ती भाग्ने गर्दछ ।
महावीर पुनको नेतृत्वमा संचालित राष्ट्रिय आविष्कार केन्द्रले निशुल्क उपलब्ध गराएको उक्त मेसीनको प्रभावकारीता बारे केन्द्रले परीक्षण गरीरहेको छ ।
प्रतिक्रिया दिनुहोस्