
काठमाडौं । संसद विघटनसँगै राजनीतिक अस्थिरताले अर्थतन्त्र पनि प्रभावित हुने चिन्ता बढेको छ ।
सरकारको पछिल्लो कदमप्रति निजी क्षेत्रले चिन्ता व्यक्त गरेको छ । कोरोनाका कारण थलिएको अर्थतन्त्रलाई गतिदिनु पर्नेमा प्रधानमन्त्री केपी शर्मा ओलीको यो शैलीले निराश बनाएको निजी क्षेत्रको आरोप छ ।
समृद्ध नेपाल, सुखी नेपालीको नारा बोकेको सरकारको यो कदम अत्यन्त दुःख लाग्दो भएको नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष राजेन्द्र मल्ल बताउनु हुन्छ ।
समृद्धिको ललिपप देखाएर चुनाव जितेको नेकपाभित्र देखिएको स्वार्थको लडाइले यो रुप लिएसँगै मुलुकका आर्थिक गतिविधिमा समेत नराम्रो असर गर्ने विश्लेषकहरुले बताएका छन् ।
प्रधानमन्त्री ओलीको यो कदमले संमृद्ध नेपाल सुखी नेपालीको सपना पनि भड्खालोमा परेको अर्थविद् प्राध्यापक डाक्टर चन्द्रमणी अधिकारीको टिप्पणी छ ।
नेपालमा बलियो सरकार भएतापनि लोकतन्त्र स्थापित हुन नसक्नु दुखद भएको अर्थविद् एवं निजी क्षेत्रको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्