
काठमाडौं । स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला नौ सयले उकालो लागेको छ ।
छापावाला सुन आज प्रतितोला ९५ हजार २०० मा कारोवार भएको छ । छापावाला सुन आइतबार प्रतितोला ९४ हजार ३०० मा कारोवार भएको थियो ।
यस्तै तेजाबी सुन प्रतितोला ८५० ले वृद्धि भएको छ । तेजाबी सुन आजका लागि प्रतितोला ९४ हजार ७०० मा कारोवार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । सो धातु आइतबार प्रतितोला ९३ हजार ८५० मा कारोवार भएको थियो ।
यस्तै चाँदीको मूल्य भने तोलामा ४० ले वृद्धि भएको छ । चाँदी प्रतितोला आज एक हजार ३२० मा कारोवार भएको छ । आइतबार सो धातु एक हजार २८० मा कारोवार भएको थियो ।
प्रतिक्रिया दिनुहोस्