
काठमाडौं । जनता समाजवादी पार्टीले प्रम ओलीको प्रतिनिधि सभा विघटन गर्ने कदमविरुद्ध विरोध प्रदर्शन गर्ने भएको छ ।
सोमबार बसेको पार्टीको पदाधिकारी बैठकले पुस ८ गतेदेखि सबै जिल्ला सदरमुकामहरूमा विरोध प्रदर्शन गर्ने निर्णय गरेको पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले जानकारी दिनुभयो ।
पार्टीले थप संघर्षका कार्यक्रम र भावी रणनीति तय गर्न पौष ७ गते केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको पनि अध्यक्ष भट्टराईको भनाइ छ । जनता समाजवादी पार्टीले प्रतिनिधि सभा विघटनलाई असंवैधानिक, अलोकतान्त्रिक र प्रतिगमनकारीको संज्ञा दिएको छ ।
प्रतिक्रिया दिनुहोस्