१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


चितवनमा हप्तामा एउटा बलात्कारको घटना


0
Shares

चितवन । देशभर महिलासम्बन्धी हिंसा बढ्दै गर्दा जिल्लामा हप्तामा एउटा बलात्कार हुने गरेको देखिएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक चितवनले सोमबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार यस्ता घटनामा बालिका बढी निशानामा परेका छन् ।

एक वर्षमा चितवनमा ५१ जना महिला बलात्कृत भएका इन्सेक जिल्ला संयोजक दिपेन्द्र अधिकारीले जानकारी दिनुभएको छ । यो तथ्याङ्क अनुसार हप्तामा एउटा बलात्कार हुने गरेको देखिन्छ । ५१ मध्ये ३६ जना बालिका छन् । जिल्लामा डेढ वर्षीय बालक सहित १३ जनाको हत्या भएको छ । ६ जना बालिका माथि बाल यौन दुर्व्यवहारकाे घटना भएको छ ।

त्यस्तै बुहविवाहका घटनामा १४ जना महिला पीडित भएका छन् भने ३ महिलाले आत्महत्या गरेका छन् । यो एक वर्षमा ४ जना महिला बेचिएका छन् भने बम विस्फोट घटनामा विप्लवका १ पुरुष कार्यकर्ता पक्राउ परेका छन् ।