
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को संघीय संसदीय दलको बैठकले अविलम्ब संसद बैठक आह्वान गर्न माग गरेको छ । सोमबार बानेश्वरमा बसेको अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल समर्थित निवर्तमान सांसद्हरूले संसद बैठक बोलाउन माग गरेका हुन् ।
बैठकले प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री र राष्ट्रपतिको कदमको भत्र्सना गर्दै देशलाई अनिश्चयको भुमरीतर्फ धकेलेको आरोप समेत लगाएको छ । संविधानको संरक्षक समेत रहेका राष्ट्रपतिनै संविधानप्रति संवेदनशील नरहेको बैठकको निष्कर्ष छ ।
बैठकमा प्रतिनिधि सभाका ९० र राष्ट्रिय सभाका २४ सांसद सहभागी थिए । बैठक मंगलबार पुनः बस्नेछ । साथै बैठकले सबै सांसद्, नागरिक समाज, पत्रकार, राजनीतिक दल र जनतालाई प्रतिनिधि सभा विघटनको विरुद्ध तथा लोकतन्त्रको पक्षमा अघि बढ्न आह्वान गरेको छ ।
प्रतिक्रिया दिनुहोस्