८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


नेप्सेमा दोहोरो अंकको सुधार, जीवन बीमा सर्वाधिक कमाउने


0
Shares

काठमाडौं । आइतबार भारी अंकले गिरावट आएको शेयर बजारमा सोमबार भने दोहोरो अंकको वृद्धि देखिएको छ । उतारचढावकाबीच बजार परिसुचक नेप्से ३० अंकले उकालो लागेर १९ सय ६५ पुग्यो ।

सोमबार कारोबार भएका अधिकाशं समूहमा सुुधार आएसँगै नेप्सेमा पनि सुधार आएको हो । जीवन बीमा समूह सबैभन्दा उच्च २ सय २ अंकले उकालो लाग्दा उत्पादनमुलक समूह १ सय ४१ अंकले उक्लियो । यसदिन विकास बैंक, जलविद्युत, निर्जिवन बीमा, वाणिज्य बैंक, अन्य र लघुवित्त समुह क्रमशः दोहोरो अंकले उकालो लागे । व्यापार र होटल समूह दोहोरो अंकले ओर्लिए ।

सोमबार १ सय २३ कम्पनीको शेयर मुल्य बढ्दा ३८ कम्पनीको शेयर मुल्य घट्यो । नेपाल स्टक एक्सचेन्जमा २ सय २ कम्पनीको १ करोड २३ लाख कित्ता शेयर ६ अर्ब ६९ करोडमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।