१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


प्रतिनिधि सभा विघटन नभएको कानून व्यवसायीहरूकाे जिकिर


0
Shares

काठमाडौं । नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षसँगको परामर्शमा कानून व्यवसायीहरूले प्रतिनिधि सभा विघटन नभएको जिकिर गरेका छन् ।

अध्यक्ष प्रचण्ड र नेपाल समूहसहितका शीर्ष नेताले साेमबार कानुन व्यवसायीसँगको परामर्श पछि सर्वोच्च अदालत जाने गृहकार्य अगाडि बढाएका हुन् । कानून व्यवसायीहरूले सभामुखले बैठक सञ्चालन गर्न सक्ने राय समेत सुझाएका छन् ।

छलफलपछि राष्ट्रियसभा सदस्य तथा कानुनविद् रामनारायण विडारीले प्रतिनिधि सभा विघटनको हल्ला मात्र चलेको बताउनुभयाे । उहाँले संविधानमा बहुमतको सरकारले प्रतिनिधि सभा विघटन गर्न पाउने व्यवस्था नभएको समेत जिकिर गरे । विडारीका अनुसार नेपालको संविधानमा प्रधानमन्त्री र राष्ट्रपतिलाई प्रतिनिधि सभा विघटन गर्ने अधिकार छैन ।

छलफलमा संविधान एवं कानुनविद्हरू शम्भु थापा, प्रेमबहादुर खड्का, रमण श्रेष्ठ, मुक्ति प्रधान, चण्डेश्वर श्रेष्ठ र राधेश्याम अधिकारी लगायतको उपस्थिति थियो ।