२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


तीन दलले प्रतिनिधिसभाको विघटनविरुद्ध संयुक्त प्रतिवाद गर्ने


0
Shares

काठमाडौं । संसद विघटनपछिको अवस्थाबारे छलफल गर्न बसेको तीन दलको बैठकले प्रतिनिधिसभाको विघटन, संविधानमाथिको आक्रमण भएको निष्कर्ष निकालेको छ ।

कांग्रेस मूख्यालय सानेपामा सोमबार अपरान्ह बसेको सत्तारुढ नेकपाको असन्तुष्ट पक्ष, नेपाली कांग्रेस र जनता समाजवादी पार्टीको बैठकले प्रतिनिधि सभा विघटनको संयुक्त रूपमा प्रतिवाद गर्ने निर्णय गरेको छ ।

बैठकले संविधानमा हुँदै नभएको प्रावधानमा टेकेर संसद विघटन गरिएको भन्दै प्रधानमन्त्री ओलीको कदम संविधानमाथिको आक्रमण भएको ठहर गरेको हो । बैठकपछि नेताहरूले आ–आफ्ना पार्टीमा छलफल गरेपछि थप रणनीति तय गरिने जानकारी दिए ।