१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


बादल भेट्न दाहाल पुल्चोक पुगे


0
Shares

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ गृहमन्त्री राम बहादुर थापा ‘बादल’ भेट्न मन्त्री क्वाटर पुल्चोक पुग्नुभएको छ ।

हिजो भएको दुई अध्यक्षको छुट्टाछुट्टै भेलामा बादल सहभागी नभएपछि आज अध्यक्ष दाहाल उहाँलाई भेट्न मन्त्री क्वाटर पुग्नु भएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि दाहाल नेपाल समुहका सात मन्त्रीले सामुहिक राजिनामा दिएपनि बादलले राजिनामा दिनु भएको छैन् ।

तसर्थ बादलको साथ कसलाई हो भन्ने अझसम्म खुल्न सकेको छैन् । बादलले आफू निकट २४ सांसदलाई बोलाएर हिजो परामर्श गर्नुभएको थियो ।

अधिकांश सांसदले प्रधानमन्त्रीको कदम असंवैधानिक भएको बताएाका थिए । आफू निकट सांसदपनि आफूसँग नभएपछि के गर्ने भन्ने अलमलमा बादल हुनुहुन्छ ।

बादल प्रधानमन्त्री ओलीको साथमा रहेको बताइन्छ । आज दुवै अध्यक्षले बेग्लाबेग्दै केन्द्रीय कमिटी बैठक बोलाएका छन् ।

पूर्व माओवादीसमेत रहेका बादलले कता साथ दिन्छन् बुझ्न दाहाल बादल भेट्न पुगेको स्रोतले बतायो ।