काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजेका लागि बैठक बोलाइएको हो ।
बैठकमा मुलुकको पछिल्लो राजनीतिक विषयमा छलफल हुने कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा भंग गरेपछि कांग्रेस विरोधमा छ ।
उसले यहि विषयमा हिजो सर्वदलीय बैठक आह्वान गरेर छलफल गरेको थियो ।
आजको केन्द्रीय समिति बैठकले ओलीको कदम विरुद्ध कुन स्वरुपमा आन्दोलन गर्ने भन्नेबारे तय हुने बताईएको छ ।
प्रतिक्रिया दिनुहोस्