
काठमाडौं । प्रतिनिधिसभा असंवैधानिक, स्वेच्छाचारी एवं अलोकतान्त्रिक तवरमा विघटन गरिएको भन्दै मानवअधिकार तथा शान्ति समाजले आन्दोलन गर्ने भएको छ ।
समाजले सोमबार आयोजना गरेको विरोध प्रदर्शनका क्रममा संस्थापक सभापति कृष्ण पहाडीसहित आन्दोलनमा उत्रिएका दर्जन बढी ब्यक्तिलाई प्रहरीले गिरफ्तार गरेको थियो ।
समाजले देशभरका शाखामा सरकारको प्रतिगामी कदमविरुद्ध विरोध प्रदर्शनको क्रमलाई निरन्तरता दिने जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्