२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


नेकपा पार्टी कार्यालय ओली पक्षको कब्जामा, लगाए ताल्चा


0
Shares

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को धुम्बाराही स्थित पार्टी कार्यालयमा प्रधानमन्त्री केपी शर्मा ओली पक्षले ताला लगाएको छ ।

नेकपा फुटको संघारमा पुगेपछि पार्टी कार्यालय आफ्नो कब्जामा पार्न ओली समुहले पार्टी कार्यालयमा ताला लगाएको बताइएको छ ।

आन्तरिक विवादमा फसेको नेकपा प्रधानमन्त्री ओलीले संसद विघटन गरेसँगैं द्वन्द्वको चरम उत्कर्षमा पुगेको छ ।

विवादकै कारण लगभग पार्टी फुटको संघारमै पु्गिसकेको छ । छुट्टा छुट्टै बैठक बोलाएर विभिन्न छलफलमा रहेका ओली र दाहाल-नेपाल समुहले एकले अर्कालाई कारवाही गर्ने बताएका छन् ।