२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


गौतम भेट्न भैसेपाटी पुगे दाहाल


0
Shares

काठमाडौं । नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल उपाध्यक्ष वामदेव गौतम भेट्न भैसेपाटी पुग्नुभएको छ ।

दुवै पक्षको बैठकमा नजाने घोषणा गरिसकेका गौतमलाई भेट्न दाहाल भैसेपाटी पुग्नुभएको हो ।

दाहाल-नेपाल समुहले बोलाएको केन्द्रीय कमिटी बैठक अघि दाहालले गौतमसँग गर्नुभएको भेटलाई महत्वकासाथ हेरिएको छ ।

दाहाल-नेपाल समुहमा रहेका गौतम पार्टी फुटको संघारमै पुगेपछि दुवै नेताको बैठक भेलामा उपस्थित हुनुभएको छैन् ।

यसअघि दाहालले आजै गृहमन्त्री रामबहादुर थापा बादललाई भेट्नु भएको थियो । बादल ओली गुटमा रहेपनि आज ओलीले डाकेको केन्द्रीय समिति बैठकमा उपस्थित हुनुभएन ।