२९ फाल्गुन २०८१, बिहिबार | Fri Mar 14 2025


प्रधानमन्त्री ओलीले भने, ‘पिलो निचोरेर फाल्दैमा तौल घट्दैन’


0
Shares

काठमाडौं । नेकपा अध्यक्ष एंव प्रधानमन्त्री केपी शर्मा ओलीले आफू निकटका केन्द्रीय सदस्यलाई सम्बोधन गर्नु भएको छ ।

आफैले डाकेको आफू निकटका केन्द्रीय सदस्यको बैठकलाई सम्बोधन गर्ने क्रममा सुरुमै ओलीले जीवन शर्माको गीत गाउनु भएको छ ।

उहाँले ‘पिलो निचोरेर फाल्दैमा तौल घट्दैन’ भन्ने गीत गुनगुनाउँदै बैठकलाई सम्बोधन गर्नुभएको थियो ।

अध्यक्ष ओलीले पार्टीमा कलह मच्चाउने केही व्यक्तिहरु घट्दैमा पार्टी कमजोर नहुने आसय व्यक्त गर्नुभएको बुझिन्छ । आन्तरिक कलहमा फसेको नेकपा फुटको संघारमा छ ।

आज दुई अध्यक्षले छुट्टा छुट्टै केन्द्रीय कमिटी बैठक बोलाएका छन् । ओली पक्षको बैठक जारी छ भने दाहाल नेपाल समुहको बैठक १ बजे बस्दैछ ।