
काठमाडौं । परराष्ट्र मन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का ओली पक्षका प्रवक्ता प्रदीप ज्ञवालीले सबै राजनीतिक दलहरूले भित्रचित्रै निर्वाचनको तयारी थालिसकेको बताउनुभएको छ ।
ओली पक्षको केन्द्रीय कमिटीको बैठकपछि सञ्चारकर्मीसँगको कुराकानीमा उहाँले सार्वजनिक खपतका जे–जे कुरा भने पनि लोकतान्त्रिक दलहरूले निर्वाचनलाई नकार्न नसक्ने विश्वास व्यक्त गर्नुभयो ।
केपी शर्मा ओली संसद्को ६४ प्रतिशत मत प्राप्त सर्वसम्मत संसदीय दलको नेता भएको स्मरण गराउँदै प्रवक्ता ज्ञवालीले नेकपा विभाजित नभएकाले प्रधानमन्त्रीको बहुमत खण्डित नभएको जिकिर गर्नुभयो ।
बहुमत प्राप्त प्रधानमन्त्रीले काम गर्न अप्ठ्यारो भएको भन्दै जनताको बीचमा जान्छु भन्दा असंवैधानिक देख्नेहरूमा दृष्टिदोष भएको उहाँको टिप्पणी छ ।
मंगलबार बालुवाटारमा बसेको ओली पक्षको केन्द्रीय कमिटी बैठकले ज्ञवालीलाई प्रवक्ताको जिम्मेवारी दिएको हो ।
प्रतिक्रिया दिनुहोस्