१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


नेकपा विवाद : ओली पक्षको महाधिवेशन ०७८ मंसिरमा


0
Shares

ncp central committee meting Oli side

काठमाडौं । नेकपा अध्यक्ष केपी शर्मा ओली पक्षको केन्द्रीय कमिटी बैठकले २०७८ मंसिरमा पार्टी महाधिवेशन गर्ने प्रस्तावलाई अनुमोदन गरेको छ ।

पार्टीको नयाँ महाधिवेशन मंसिर २ गतेदेखि ७ गतेसम्म आयोजना हुने ओलीपक्षीय समूहका प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिएका छन् ।

बालुवाटारमा जारी बैठकले अध्यक्ष ओलीको प्रस्तावलाई अनुमोदन गरेको हो । यसअघि माघमा बसेको नेकपाको केन्द्रीय कमिटी बैठकले ०७७ चैतमा महाधिवेशन गर्ने निर्णय गरेको थियो ।

बैठकले ११९९ सदस्यीय महाधिवेशन आयोजक कमिटी बनाएको छ । उक्त कमिटीको बैठक पुस ९ गते बस्ने भएको छ ।