१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


‘प्रवासी नेपाली’को समर्थन ओलीलाई, प्रतिनिधिसभा विघटनको समर्थन


0
Shares

क्यालिफोर्निया । विश्वमा छरिएका ‘प्रवासी नेपाली एकता मञ्च’हरूले नेपालको प्रतिनिधिसभा विघटनप्रति समर्थन जनाएका छन् । विभिन्न मुलुकको अभ्यासबमोजिम सङ्घीय संसद्को वर्तमान प्रतिनिधिसभा विघटन गरी ताजा जनादेशका लागि घोषित प्रतिनिधिसभा निर्वाचन स्वागतयोग्य रहेको जनाइएको छ ।

विज्ञप्तिमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) समर्थित प्रवासी नेपाली मञ्च अमेरिकालगायत विभिन्न राष्ट्रका ३३ मञ्चको समर्थन छ । मञ्च अमेरिकाका अध्यक्ष प्रभु थापाले लोकतन्त्रमा जनता जहिले पनि न्यायाधीश हुने भएकाले ताजा जनादेश लिनका लागि हुने आमनिर्वाचनमा सहभागी हुन नेपाली जनसमुदायमा आग्रह गरिएको बताउनुभयो । रासस