१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


१० दिनदेखी माइतीघरमा उखु किसानको प्रदर्शन


0
Shares

काठमाडौं । उखु किसानहरूले मंगलबार पनि काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरेका छन् ।

चिनी मिलबाट पाउन बाँकी भुक्तानी नपाएको भन्दै उखु किसानहरू १० दिन यता माइतीघर मण्डलामा निरन्तर प्रदर्शन गरिरहेका छन् । किसानहरूले चिनी मिल सञ्चालकहरूबाट करिब ९० करोड रुपैयाँ पाउन बाँकी छ ।

गत वर्षको सरकारले उद्योगीहरूबाट भुक्तानी दिलाउन किसान र उद्योगीबीच सम्झौता गराए पनि सम्झौताअनुसार भुक्तानी नपाएपछि किसानहरु फेरि काठमाडौंमा आन्दोलन गर्न बाध्य भएका हुन् । सरकारले किसानको भुक्तानी नदिने उद्योगीहरूलाई कारबाही गर्ने बताए पनि अहिले सम्म कुनै पनि उद्योगीलाई कारबाही गरेको छैन ।

किसानहरूले आफ्नो भुक्तानी पाउन पनि सकिरहेका छैनन् । उखु किसानहरूले आफूहरूले पाउनुपर्ने भुक्तानी दिलाइदिने जिम्मेवारी सरकारले नलिदासम्म आन्दोलन जारी राख्ने बताएका छन् ।