२५ चैत्र २०८१, सोमबार | Tue Apr 8 2025


माघबाट ईमेजमा ‘खुराफाती’ प्रसारण हुने


0
Shares

काठमाडौं । ईमेज टेलिभिजनमा माघको पहिलो सातादेखि हास्यव्यङ्गात्मक टेलिश्रृंखला ‘खुराफाती’ प्रसारण हुने भएको छ । त्यसका लागि मंगलबार टेलिभिजनको कार्यालय पानीपोखरीमा सम्झौता भएको छ ।

सम्झौतामा टेलिभिजनको तर्फबाट कार्यक्रम महाशाखा प्रमुख सुरेश शर्मा र आमा बंगलामुखी फिल्म प्रोडक्सन प्रा.लि.काे तर्फबाट अध्यक्ष एवं कार्यक्रम निर्देशक शिवहरी पौड्यालले हस्ताक्षर गर्नुभएको छ।

कार्यक्रम हरेक बुधबार बेलुकी ८ बजे ईमेज टेलिभिजनबाट प्रसारण हुनेछ भने पुनः प्रसारण बिहीबार बिहान र दिउँसो हुनेछ । कार्यक्रम आमा बंगलामुखी प्रोडक्सन प्रा.लि.ले उत्पादन गर्नेछ ।