१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बुधबार पनि बस्ने


0
Shares

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा केन्द्रीय सदस्यले बोल्ने क्रम जारी रहेकाले बैठक बुधबार पुनः बस्ने भएको छ ।

मंगलबारदेखि शुरु भएको बैठकमा सभापति शेरबहादुर देउवाले सोमबार भएको सर्वदलीय बैठकको जानकारी गराउँदै विषय प्रवेश गराउनुभएको कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

बैठकमा मंगलबार वरिष्ठ नेता रामचन्द्र पौडेल केन्द्रीय सदस्य महेश आचार्य, डा. नारायण खड्का र एनपी साउँदले आफ्नो धारणा राख्नुभएको थियो । केन्द्रीय कार्यसमितिको बैठक बुधबार दिउँसो १ बजे केन्द्रीय कार्यालयमा पुनः बस्नेछ ।