तस्वीरः डा. युवराज खतिवडा पत्रकार सम्मेलनमा
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले युवराज खतिवडालाई अमेरिकाका लागि नेपाली राजदूतमा नियुक्त गर्नुभएको छ ।
नेपालको संविधानको धारा २८२ बमोजिम नेपाल सरकार मन्त्रिपरिषदको सिफारिसमा खतिवडालाई अमेरिकाको राजदूतमा नियुक्त गरिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
खतिवडा यसअघि प्रधानमन्त्रीका प्रमुख आर्थिक सल्लाहकारमा नियुक्त हुनुभएको थियो । त्यसअघि उहाँ साढे २ वर्ष ओली सरकारका अर्थमन्त्री हुनुहुन्थ्यो ।

प्रतिक्रिया दिनुहोस्