
काठमाडौं । अर्जेन्टाईनी फुटबल खेलाडी लियोनल मेस्सीले एउटै क्लबबाट सर्वाधिक गोल गर्ने ब्राजिलीयन फुटबल हस्ती पेलेको कीर्तिमान तोडेका छन् ।
स्पेनिस क्लब बार्सिलोनाबाट ६४४ गोल गर्दै मेस्सीले पेलेको कीर्तिमान तोडेका हुन् ।
गएराति भएको स्पेनिस लिगको खेलमा रियाल भालाडोलिडलाई ३–० ले हराउने क्रममा एक गोल गर्दै मेस्सीले यस्तो कीर्तिमान आफ्नो नाममा राखेका हुन् ।
ब्राजिलियन हस्ती पेलेले सन् १९५६ देखि १९७४ सम्म १९ सिजन ब्राजिली क्लब सान्तोषबाट खेल्दै ६ सय ४३ गोलको कीर्तिमान बनाएका थिए ।
मेस्सीले बार्सिलोनाबाट १७ औं सिजन खेलिरहेका छन् । उनले बार्सिालेनाबाट १० पटक स्पेनिस लिग र ४ पटक युरोपियन च्याम्पियन्स लिग जितेका छन् । एजेन्सी
प्रतिक्रिया दिनुहोस्