
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसको महामारीका कारण आर्थिक समस्यामा परेका नागरिकाका लागि तय भएको राहत प्याकेज परिमार्जन गर्न आग्रह गर्नुभएको छ ।
सदनबाट हालै पारित भएको राहत प्याकेजमा नागरिकलाई निकै कम रकम छुट्याइएको भन्दै ट्रम्पले संशोधन गर्नुपर्ने बताउनु भएको हो ।
ट्वीटर मार्फत भिडियो सन्देश जारी गर्दै ट्रम्पले राहत प्याकेजमा विदेशी तथा अनावश्यक कामका लागि खर्च छुट्याइएको तर समस्यामा आएका अमेरिकीलाई मात्रै ६ सय अमेरिकी डलर दिने व्यवस्था रहेकाले त्यसमा परिमार्जन हुनु पर्ने उल्लेख गर्नु भएको छ ।
अमेरिकी संसदले गत सोमबार ९ खर्ब डलर बराबरको राहत प्याकेज पारित गरेको थियो । एजेन्सी
प्रतिक्रिया दिनुहोस्