
दाङ । तुलसीपुर उपमहानगरपालिका छिल्लीकोटमा भ्यु टावर निर्माण भएसँगै आन्तरीक पर्यटकको चहलपहल बढेको छ ।
कोरोना महामारीका कारण सरकारले लकडाउन गरेसँगै लामो समय अन्तरिक पर्यटकको चहलपहल सुनसान रहेपनि भ्यु टावरसँगै अन्य संरचनाहरु बन्दै गएपछि पर्यटकहरुको आवागमन बढ्न थालेको छ ।
छिल्लीकोटमा तत्काली राजाहरुले प्रयोग गरेको सामानहरु लगायत टुंडिखेल, इन्द्रचोक लगायतको ठाउँ भएकाले पनि आन्तरीक पर्यटकको रोजाइमा परेको छ ।
छिल्लिकोटको टापुबाट दाङ उपत्यकालगायत पहाडी जिल्लाको हिमशृंखको अवलोकन गर्न सकिन्छ ।
प्रतिक्रिया दिनुहोस्