
काठमाडौं । लगातार उतारचढाव आइरहेको सुनको मूल्य बुधबार ९ सय रुपैयाँले घटेको छ ।
मंगलबार ९४ हजार ९ सय रुपैयाँ प्रतितोलामा कारोबार भएको छापावाल सुन बुधबार ९ सय रुपैयाँ घटेर ९४ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
छापावाल सुनको मूल्यमा कमि आएसँगै तेजाबी सुनको मूल्यमा पनि घटेको छ । मंगलबार प्रतितोला ९४ हजार ४ सय रुपैयाँमा कारोबार भएकोमा बुधबार ९३ हजार ५ सय रुपैयाँमा कारोबार भएको हो ।
यस्तै चाँदीको मूल्य पनि बुधबार तोलामा ५० रुपैयाँले घटेको छ । बुधबार चाँदी तोलाको १ हजार २ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्