
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले महान्यायाधिवक्ताको कार्यालयको नयाँ भवन उद्घाटन गर्नुभएको छ ।
२०७५ असोज २४ गते शिलान्यास भई रु ७३ करोड ६९ लाख ३५ हजारमा ठेक्का सम्झौता भएर निर्माण सम्पन्न भवन राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको केन्द्रीय आयोजनाअन्तर्गत बनाइएको हो ।
समारोहमा सरकारी वकिलको तीनदिने तेस्रो राष्ट्रिय सम्मेलनको पनि उद्घाटन गरिएको छ । कार्यक्रममा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, महान्यायाधिवक्ता अग्नि खरेललगायतको उपस्थिति थियो ।
प्रतिक्रिया दिनुहोस्