५ बैशाख २०८२, शुक्रबार | Fri Apr 18 2025


संसद विघटनविरुद्ध कांग्रेसले राजनीतिक प्रतिरोध गर्ने


0
Shares

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय पदाधिकारी बैठकले पुस ५ गते प्रधानन्त्रीको सिफारिसमा राष्ट्रपतिले गरेको प्रतिनिधि सभा विघटन असंवैधानिक ठहर गर्दै राजनीतिक रूपमा प्रतिरोध गर्ने निर्णय गरेको छ ।

बुधबार पार्टी कार्यालय सानेपामा बसेको बैठकले पुस १६ गते मेलमिलाप दिवसमा लोकतन्त्र र संविधानको हमला विरुद्ध देशभर प्रदर्शन गर्ने निर्णय गरेको हो ।

बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले प्रतिनिधि सभा विघटनले सरकार निरङ्कुशतातर्फ उन्मुख भएको देखाउने बताउनुभयो । उहाँले पार्टीले यो कदमलाई निरङ्कुश र असंवैधानिक भएको निष्कर्ष निकाल्दै प्रतिराेध गर्ने निर्णय गरेकाे जानकारी दिनुभयाे ।

बुधबारको बैठकमा गगन थापा, रामशरण महत, आनन्द ढुङ्गाना र बलबहादुर केसीले आफ्नो भनाइ राख्नुभएको थियो । मंगलबार बसेको केन्द्रीय कार्यसमिति बैठकमा सबै सदस्यहरूले आ–आफ्नो धारणा राख्न नपाएपछि बुधबार पुनः बैठक बसेको हो ।