१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


झगडा साम्य पार्न गएका तीन प्रहरीमाथि गोली प्रहार


0
Shares

एजेन्सी । फ्रान्सको मध्य क्षेत्रमा बन्दुकधारीको आक्रमणमा परी तीन प्रहरी अधिकारीको मृत्यु भएको छ । घटनामा अर्का एक प्रहरी घाइते भएका छन् ।

स्थानीयको झगडा साम्य पार्न खटिएका प्रहरीमाथि गोली प्रहार भएको हो अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । मध्यरात एक महिलाको उद्धार गर्ने क्रममा ४८ वर्षीय एक व्यक्तिले प्रहरीमाथि गोली चलाएको प्रहरीले जनाएको छ ।

आक्रमणकारीले प्रहरीलाई गोली प्रहार गरेपछि ती महिलाको घरमा पनि आगो लगाइदिएको बताइएको छ । ४८ वर्षीय आक्रमणकारी पनि मृत अवस्थामा फेला परेका जनाइएको छ ।