२ चैत्र २०८१, शनिबार | Sun Mar 16 2025


नक्कली परीक्षार्थी पक्राउ, ईपीएस उत्तीर्ण गरेको ७ लाख !


0
Shares

काठमाडौं । महानगरीय अपराध महाशाखाले कोरियन भाषा परीक्षा ईपीएसमा नक्कली परीक्षार्थी बन्ने एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनसरी घर भइ हाल काठमाडौंको कालोपुल बस्ने ५१ वर्षीय उत्तममान लिम्बु रहेका छन् ।

लिम्बूले बागबजारमा सेनसेग कन्सलट्यासी सञ्चालन गर्दै आएको खुलेको छ । कोरियन भाषा प्रशिक्षकको रूपमा काम गर्दै आएका उनले ईपीएस परीक्षामा सहभागी हुन आएका व्यक्तिहरूको प्रवेशपत्रमा आफ्नो फोटो टाँसी परीक्षा दिने गरेका छन् ।

लिम्बूले उत्तीर्ण भएका विद्यार्थीबाट प्रतिव्यक्ति ७ लाख रुपैयाँसम्म लिने गरेको महानगरीय अपराध महाशाखाका प्रमुख दीपक थापाले जानकारी दिनुभयो ।