
कपिलवस्तु । जनता समाजवादी पार्टी कपिलवस्तुले प्रतिनिधि सभा विघटनविरुद्ध सदरमुकाम तौलिहवामा विरोध प्रदर्शन गरेको छ ।
प्रधानमन्त्रीले प्रतिनिधि सभा विघटन गरेको विरोधमा र्यालीसहित प्रदर्शन गरिएको जसपाले जनाएको छ ।केन्द्रको निर्देशनमा ७७ बटै जिल्लामा बुधबार विरोध प्रदर्शन गरिएको जिल्ला अध्यक्ष शैलेन्द्र यादवले जानकारी दिनुभयो ।
प्रदर्शनकारीहरूले प्रधानमन्त्री र राष्ट्रपतिको विरोधमा नारा लगाएका थिए । विरोध र्याली जिल्ला प्रशासन कार्यालय अगाडि गएर कोण सभामा परिणत भएको थियो ।
प्रतिक्रिया दिनुहोस्