
डा. जागेश्वर गौतम ।
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बेलायतबाट पुष १ देखि ७ गतेको बीचमा नेपाल प्रवेश गरेका सबैलाई १० दिन अनिवार्य रुपमा होटेल क्वारेन्टिनमा बस्न आग्रह गरेको छ ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले उनीहरूलाई नेपाल प्रवेश गरेको मितिले ७ देखि १० दिनभित्र सरकारी प्रयोगशालामा गएर पीसीआर परीक्षण गराउन समेत आग्रह गर्नुभयो ।
बेलायतमा नयाँ प्रकारको कोरोना भाइरसको प्रजाति देखिएकाले संक्रमण नियन्त्रण तथा रोकथामका लागि यस्तो निर्णय गरिएको मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्